कर्णाली राजमार्गअन्तर्गत दैलेखको साँगेतडा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ।
दुर्घटनापछि प्रहरी तथा सुरक्षा टोली घटनास्थलमा पुगेर गाडीको खोजी तथा उद्धार कार्य गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार हालसम्म गाडी फेला परेको छैन। दुर्घटनाको कारण, गाडीमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिबारे पनि आधिकारिक विवरण सार्वजनिक भएको छैन।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान तथा खोजी कार्य जारी छ। आधिकारिक विवरण प्राप्त हुनेबित्तिकै थप जानकारी सार्वजनिक गरिनेछ।



