सुर्खेतमा जिप दुर्घटना,१५ जना घाइते

महेश चाैलागाँई १२ श्रावण २०८३, मंगलवार १५:०७

सुर्खेत लेकबेशी नगरपालिका-५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका आठजनाको माया नर्सिङ होम, सुर्खेत र पाँच जनाको स्थानीय मेडिकल, दशरथपुर (सुर्खेत) मा उपचार भइरहेको छ।

Next Post

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

१२ श्रावण २०८३, मंगलवार १५:०७
काठमाडौं, १२ साउन — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो। गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले निधनको पुष्टि गर्दै बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिने […]

सम्बन्धित समाचार