नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

महेश चाैलागाँई १२ श्रावण २०८३, मंगलवार १५:४९

काठमाडौं, १२ साउन — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले निधनको पुष्टि गर्दै बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिने जानकारी दिएका छन्। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

कांग्रेसका सभापति ले ७ साउनमा गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए।

Next Post

सर्वोच्चले खारेज गर्‍यो दानबहादुर बुढाको रिट, पदमुक्तिको निर्णय कायम

१२ श्रावण २०८३, मंगलवार १५:४९
जुम्ला, १२ साउन । सर्वोच्च अदालतले गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले पद पुनर्वहालीको माग गर्दै दायर गरेको उत्प्रेषणको रिट खारेज गरेको छ। अदालतको यस फैसलासँगै निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनअनुसार गरेको उनको पदमुक्तिको निर्णय कायम भएको छ। सर्वोच्च अदालतमा दर्ता नम्बर ०८२–डब्लु ओ–१५४७ रहेको उक्त रिटमा अदालतले “रिट खारेज” गर्ने […]