‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ भन्ने मूल नाराका साथ आजदेखि सुरु हुन लागेको सिमान्त साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।
कुटिरो रिसर्च सेन्टरको आयोजनामा जुम्लास्थित होटल कान्जिरोवामा हुने सम्मेलनमा देशभरका साहित्यकार, लेखक, अध्येता, अनुसन्धानकर्ता, प्राध्यापक, पत्रकार तथा स्थानीय ज्ञानका जानकारहरूको सहभागिता रहनेछ।
सम्मेलनको उद्घाटन सत्रमा लेखक लक्ष्मणबहादुर शाहीको पुस्तक ‘आधा अध्याय’ को गृहविमोचन गरिनेछ। उद्घाटनपछि पाँचवटा विषयगत सत्र सञ्चालन हुनेछन् भने अन्तिम छैटौँ सत्र ‘कुटिरो कन्सर्ट’ मा गीत, कविता र गजल प्रस्तुत गरिने आयोजकले जनाएको छ।
सम्मेलनले कर्णालीको भाषा, साहित्य, कला, संस्कृति तथा सीमान्तकृत समुदायका आवाजलाई राष्ट्रिय साहित्यिक र बौद्धिक विमर्शमा जोड्ने लक्ष्य राखेको छ।



