मान्छे बनाैं साथी
कि सबैले लगाउँ
हाेइन भने बगाउँ
धेरै भयो अति भयो
जागाैं जलाउँ चुडाँउ
बाधक डाेरी
विभेदकारी डाेरी
विखण्डनकारी डाेरी ।
मैले सहनाई बजाए
उसले जनै लगायाे
ऊ छुत भयो
म अछुत भए ।
उसले डाेरी लगायाे
चाेखाे भयो
हेरक ठाउँमा चल्ने भयो
मैले पाइन
म नचल्ने भए ।
एउटा डाेरीकाे तागत
अचम्मको छ
त्यसको जात छ
थर छ, चलन छ
रबाफ अहंकार छ
रेखा काेरिदिएकाे छ
सिमा निर्धारण गरिदिएको छ।
मान्छे मान्छेबिच पर्खाल बनाइदियाे
स्वागत बहिष्कारको नीति सुनाइदियाे ।
बर्षाैदेखि बाँधेको छ
बन्द गरेकाे छ
सम्बन्धका ढाेका
राखिदिएकाे छ साँध
बाँडेकाे मान्छे
भाँडेकाे छ समाज ।
मलाई पर बसाइ दियो
पराँइ बनाइदियाे
ठाउँ देखाइदियाे
उसलाई ठूलो बनाइदियाे
मान्छे नचिन्ने बनाइदियाे ।
उसको र मेरो भगवान एकै हाे
भाषा भूगोल धर्म उहीँ हाे
मर्दा पर्दा चाहिने हामी नै हाे
सँगसँगै गएका थियौं
राेएका थियौं हाँसेका थियौं
तर एउटा डाेरीले
जात देखाइदियाे
साथ भत्काइदियाे
अाफ्नाे अाैकात देखाइदियाे ।
साथी अब बिउँझिने कि
साथ दिने कि
यस्ता विभेदकारी डाेरी
कतिन्जेल लगाउँछाैं शरीर माथि
पुगेन र अब
धित् त मर्नुपर्ने हाे ?
धेरैलाई डाेरीले बाँधिसक्याैं
मारिसक्याैं, बगाइसक्याैं
अब त भयो हाेला ?
मान्छे बनाैं साथी
कि सबैले लगाउँ
हाेइन भने बगाउँ
धेरै भयो अति भयो
जागाैं जलाउँ चुडाँउ
बाधक डाेरी
विभेदकारी डाेरी
विखण्डनकारी डाेरी ।