ल्होत्से मलमा लुटपाट गर्ने ४ जना पक्राउ, प्रहरीको गाडी जलाउने ६ जना समातिए

हिमशिखर संवाददाता ३ फाल्गुन २०७९, बुधबार १८:४९

काठमाण्डौको नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा गएको सोमवार लुटपाट गर्ने चार जना पक्राउ परेका छन् ।

सोमवार दिउँसो यातायात मजदुर र प्रहरीबीच दिनभर तनाव भएको थियो । त्यही मौकामा राति ल्होत्से मलको सिसा फुटाएर मोबाइललगायतका लाखाैँ मूल्यका सामान लुटपाट भएका थिए । प्रहरीले लुटपाटमा संलग्न चार जनालाई लुटेका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको भगवती गाउँपालिका घर भएका चिरन रेग्मी, रुपन्देहीको खैरेनीका सुजन खत्री, झापाका प्रदीप बस्नेत र काठमाण्डौको सामाखुसीका नवीन खड्गी रहेका छन् ।

यस्तै सोमवार नै प्रहरीका दुई वटा भ्यान र प्रहरी बिट जलाउने छ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । आगजनीमा संलग्न उदयपुरका विक्रम राई, नुवाकोटका रामहरि भण्डारी, लमजुङका विवेक श्रेष्ठ, काभ्रेका राजेश तामाङ, आशिष खड्का र प्युठानका दीपेन्द्र पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Next Post

रक्सी खाएर लफडा गरेको आरोपमा कलाकार खतिवडा (म्याकुरी) पक्राउ

३ फाल्गुन २०७९, बुधबार १८:४९
म्याकुरीको नामले परिचित कलाकार पवन खतिवडासहित २ जनालाई मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। मंगलबार राति बेलबारी– १ मा रहेको एक होटलमा मादक पदार्थ सेवन गरी सँगै मादक पदार्थ सेवन गरेका बेलबारी– ४ का एक युवालाई टाउकोमा प्रहार गरी टाउको फुटाइदिएका थिए। […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।