थप एक जना कोरोना संक्रमितको मृत्यु

हिमशिखर सम्वाददाता काठमाण्डौ ४ बैशाख २०८०, सोमबार २०:३६

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयले कोरोना संक्रमणको अवस्था अध्यावधिक गर्दै सोमबार (आज)  एक जनाको मृत्यु भएको जानकारी दिएको छ।

यस्तै सोमबार एक सय चार जना कोरोनामा संक्रमित थपिएका छन्। एक हजार ६३२ जनामा गरिएको कोरोना परीक्षणबाट १०४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै सोमबार ६० जना कोरोना संक्रमित निको भएका छन्।

हाल तीन सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने सात जनामा आइसियूमा उपचार भइरहेको छ। ३४ जनाको संस्थागत आइसोलेनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Next Post

सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

४ बैशाख २०८०, सोमबार २०:३६
उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले उक्त आदेश गरेको हो। गत चैत १७ गते न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले दिएकोे अन्तरिम आदेशलाई निरन्तरता दिँदै इजलासले यही वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने […]