तातोपानी गाउँपालिका- ४ काे चाक्लीधारा सामुदायिक वनमा आगलागी

महेश चाैलागाँई २० माघ २०८१, आईतवार १६:०५

तातोपानी गाउँपालिका वडा नं ४ काे चाक्लीधारा सामुदायिक वनमा आगलागी भएको छ । तातोपानी -४ स्थिति पाण्डेवाडागाउँ र नियापानी गाँउकाे बिचमा अबस्थित चाक्लिधारा राष्ट्रिय वन क्षेत्रमा अज्ञात व्यक्ति बाट भर्खरै अन्दाजी ३:१५ बजेकाे समयमा आगलागी भएको हाे ।

तातोपानी गाउँपालिका वडा नम्बर ४ अध्यक्ष अमर रोकायाका अनुसार आगाे निभाउनका लागि स्थानीय नागरिकहरु परिचालन गरिएकाे तर आगाे नियन्त्रण भन्दा बाहिर भएकोले थप सहयाेगका लागी जिल्ला बिपद व्यवस्थापन समितिकाे संयाेजक प्रमुख जिल्ला अधिकार ज्युलाई जानकारी गराई सुरक्षा बलकाे सहयाेग आवहृान गरिएको जानकारी गराए ।

उनले भने, उक्त आगाे तत्काल नियन्त्रणमा ल्याउन सकेकाे अवस्थामा पाण्डेवाडा र नियापानी गाउँलाई असर गर्नसक्ने उनले बताएका छन् । हिजाे सुख्खा समय भएकाले वन झारपात, स्याउला साेत्थरकाे मात्र बढी भएकाे हुनाले आगाे नियन्त्रण भन्दा बाहिर रहेकाे वडा अध्यक्ष राेकायाले बताए ।

Next Post

प्रेस चाैतारी नेपालकाे २७ औं स्थापना दिवसको अवसरमा रक्तदान

२० माघ २०८१, आईतवार १६:०५
 प्रेस चाैतारी नेपालकाे २७ औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरि दिवस मनाइएको छ । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्तदान कार्यक्रम गरि प्रेस चाैतारी नेपालकाे २७ औं स्थापना दिवस मनाइएको हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला स्थापनाकाे डेढ दशक बितिसक्दा पनि हाल […]

सम्बन्धित समाचार