प्रेस चाैतारी नेपालकाे २७ औं स्थापना दिवसको अवसरमा रक्तदान

महेश चाैलागाँई २२ माघ २०८१, मंगलवार १४:५४

 प्रेस चाैतारी नेपालकाे २७ औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरि दिवस मनाइएको छ । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्तदान कार्यक्रम गरि प्रेस चाैतारी नेपालकाे २७ औं स्थापना दिवस मनाइएको हाे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला स्थापनाकाे डेढ दशक बितिसक्दा पनि हाल सम्म ब्लड बैंक स्थापना भएकाे छैन् । यदपी,अहिले ब्लड बैंक स्थापनाकाे प्रक्रिया चलिरहेकाे छ । रगत अभावका कारण प्रतिष्ठानमन उपचारथ विरामीहरुले सास्ती पाउने गरेका छन् ।

रगत आबश्यक पर्दा नेपाली सेना,सशस्त्र,प्रहरीलाई गुर्हानु पर्ने बाध्यता छ । जुम्लामा वर्षाैदेखि विद्यमान रगत अभाव र त्यसले गर्दा विरामीले भाेग्नु परेकाे कष्टलाई मध्यनजर गरि प्रेस चाैतारी जुम्लाले आफ्नाे स्थापना दिवसका अबसरमा रक्तदान गरेकाे प्रेस चाैतारी जुम्लाका अध्यक्ष मानदत्त रावलले बताए ।

उनका अनुसार २३ जनाले रक्तदान गर्ने भनेर नाम लेखाएपनि सात जनाले मात्रै रक्तदान गरेका छन । सात प्वाईन्ट रगत दान गरिएकाे छ । अघिल्लाे दिननै समन्वय गरेर २३ जनाले नाम टिपाएका थिए ।
तर रक्तदानमा भने १६ जना उपस्थित भएनन् ।

प्रेस चाैतारीका अध्यक्ष मानदत्त रावल,पूर्वअध्यक्ष नाैरते नेपाली,चाैतारीका सचिव काली बहादुर परियार,कनका खबर टेलिभिजनमा कार्यरत प्रकाश विश्वकर्मा,तिलाका स्थानीय धनराज बस्नेत,विद्यार्थी नेता लाेकेन्द्र बुढा र यूवासंघ नेपालकी केन्द्रीय सचिव सारादा पछाईले रक्तदान गरेका छन् ।

स्थापनाका अबसरमा शुभकामना दिदैँ नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाईले श्रमजीवि पत्रकाहरुकाे सांझा संगठन प्रेस चाैतारीले जुम्लामा रगत अभावले भाेग्नु परेकाे समस्यालाई मध्यनजर गरि रक्तदान कार्यक्रम राखेकाेमा धन्यबाद दिए ।

Next Post

चितवन अदालत उपस्थित भए रवि, आजैदेखि बयान हुने

२२ माघ २०८१, मंगलवार १४:५४
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  चितवन जिल्ला अदालत उपस्थित भएका छन्। सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी बुधबार अदालतमा उपस्थित भएका हुन्। रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ। […]