गुठिचाैर -२ का रतन बाेहाेराले जुम्लामा हाेटल मईराे खाना एण्ड खाजा घर संचालनमा ल्याए

भवानी प्रसाद पाण्डे २२ माघ २०८१, मंगलवार १९:३५

जुम्ला गुठिचाैर गाउँपालिका -२ का रतन बाेहाेराले जुम्लामा हाेटल मईराे संचालनमा ल्याएका छन् । जुम्लाका अर्गानिक खाने अन्न बाट बनेका परिकार ग्राहक माझमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पारि पट्टी हाेटल मईराे खाना एण्ड खाजा घर संचालनमा ल्याएका हुन् ।

मंगलबारका एक कार्यक्रम गरि बाेहाेराले होटल मईरो खाना एण्ड खाजा घरकाे उद्घाटन गरिएको छ । प्रतिष्ठानमा उपचारका लागि आउने विरामी र कुरुवालाई सस्तोमा गुणस्तरीय अर्गानिक खाना र खाजा खुवाउने उद्देश्यका साथ होटल संचालन गरिएको संचालक रतन बोहोराले दुबाे खबर लाई जानकारी दिए ।

उनले भने, १ सय ५० रुपैयामा खाना खुवाईने बताए । ग्राहकलाई खाजा र खाना गुणस्तरीय खुवाईने बोहोराले जानकारी गराए ।

उनका अनुसार प्रतिस्पर्धाकाे समयमा अन्य हाेटल भन्दा महंगो गर्न नहुने भएको हुदा अन्य हाेटल भन्दा सस्तो र गुणस्तरीय खाना खुवाउने बताए । अहिले हाेटल पुर्ण रूपमा संचालन आए पनि केही व्यवस्थापन गर्न बाँकी रहेकाे संचालक बाेहाेराले बताए ।

Next Post

सिजामा मालपोत र नापी कार्यालय स्थापना हुने

२२ माघ २०८१, मंगलवार १९:३५
सिजा गाउँ पालिका अध्यक्ष पुर्ण प्रसाद धितालको लगातारको प्रयास पछि जुम्लाको सिजा गाउँ पालिकाको नराकोटमा भुमी ब्यबस्था , सहकारी तथा गरिबी निबारण मन्त्रालय अन्तरगतको मालपोत र नापी कार्यलय २०८१ साल फागुन २२ गते उद्वघाटन हुने जानकारी पालिका अध्यक्षले जानकारी दिएका छन । मालपोत र नापी कार्यलय उद्वघाटन गर्न भुमी ब्यबस्था […]