१२१८ को भूकम्प
६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो ।
२०४५ को भूकम्प
हामीले भुल्न नसक्ने स्मरणीय भूकम्प वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।[२]
२०६८ को भूकम्प
यस्तै २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा १११ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।[३]
२०७२ को भूकम्प
२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका छन् । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो । यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए । र यो भूकम्प ७. ८ रेक्टरको भूकम्प गएको थियो।
२०८० काे भुकम्प
भर्खरै जाजरकोट जिल्लामा गएको भूकम्पले पनि धनजनको क्षति पुगेको छ। जसमा ५.७ म्यानिच्युडकाे भकम्प ले १५७ जनाकाे ज्यान लियाे र कम्तिमा ३७५ जना घाइते भएका थिय
२०८१ काे भुकम्प अर्थात आज बिहान सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो। साथै भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको पनि जानकारी दिएको छ।