हिमशिखर सम्वाददाता काठमाण्डौ ५ जेष्ठ २०८०, शुक्रबार ११:०१

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसाे ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने  संवैधानिक व्यवस्था छ। त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए।

प्रतिनिधिसभाको बैठक पनि आजै साँझ ६ बजे बस्ने कार्यसूची छ।

Next Post

दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाकाे ज्यान गयाे

५ जेष्ठ २०८०, शुक्रबार ११:०१
दैलेखमा भरुवा बन्दुक पड्किएर गाेली लाग्दा एक जनाकाे ज्यान गएकाे छ । गाेली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरकाे हिजाे बेलुका ज्यान गएकाे हाे । आफैँले चलाउँदै गरेकाे भरुवा बन्दुक पड्किँदा उहाँकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिनुभयाे। घटनाको थप अनुसन्धान […]