प्रेम आले सहित फ्लाेर क्रस गर्ने सांसदहरू

हिमशिखर संवाददाता ४ श्रावण २०७८, सोमबार ०६:५५

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा केपी ओली पक्षका  सांसदले  समेत फ्लोर क्रस गरेका छन् ।
ओली पक्षका प्रेम आलेसहितका सांसदले फ्लोर क्रस गरेका हुन् । जसमा आलेसहित धनबहादुर बुढा, किसन श्रेष्ठ,  हिरा केसी, पार्वती विसंखे, कलिला खातुन,  विनादेवी बुढाथोकी र समिमा हुसेन रहेका छन् ।

नेपाल पक्षीय सांसद मेटमणि चौधरीले उनीहरुले पनि  देउवालाई विश्वासको मत दिएको बताए।


यस्तै माधव नेपालसहित उनी पक्षका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, निरादेवि जैरू, भवानी प्रसाद खापुङ, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, पवित्रा निरौला र मुकुन्द न्यौपानेले पनि देउवालाई भोट हालेका छन् ।

तर नेपाल पक्षीय नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डे भने देउवालाई भोट नहाली मतदान अघि नै बाहिरिएका थिए ।

Next Post

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारी बीच भेटवार्ता

४ श्रावण २०७८, सोमबार ०६:५५
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । आज बिहान अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको एमालेका एक नेताले जानकारी दिए । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन । यसअघि प्रधानमन्त्री रहेका बेला […]

सम्बन्धित समाचार