नेविसंघ र तरूण दलले उठाएका २२ बुँदेमा उठाएका मागका सम्बन्धमा प्रतिष्ठानले २२ बुँदे प्रतिबद्वता

महेश चाैलागाँई २७ असार २०८१, बिहीबार १३:०४

बिहीबार प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै नेविसंघ र तरूण दलले उठाएका २२ बुँदेमा उठाएका मागका सम्बन्धमा प्रतिष्ठानले २२ बुँदे प्रतिबद्वता जनाएकाे छ ।

१६ गते नेविसंघ जुम्लाका अध्यक्ष महेश हमाल र नेपाल तरूण दल जुम्लाका अध्यक्ष हेम बुढ्थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा किड्नी डाइलासिस सेवा सुचारू हुनुपर्ने,भिडियो एक्सरे सेवा  सुरू हुनुपर्ने र एम्बुलेन्स सेवा सुरू हुनुपर्ने लगायतका माग थियो ।

प्रतिबद्धतामा प्रतिष्ठानले ती मागका सम्बन्धमा छिट्टै सञ्चालन गरिने उल्लेख गरिएकाे छ । पत्रकार सम्मेलनमा बाेल्दै रजिष्ट्रार नृपेन्द्र महतले नेविसंघ र तरूण दलले उठाएका मागका सम्बन्धमा प्रक्रियागत रूपमा माग सम्बाेधन गरिने बताए ।

उनका अनुसार नेविसंघ र तरूण दलका मागहरू जायज थिए । साेही अनुसार उठाइएका मागहरूलाई गम्भीरतापूर्वक लिइएकाे उनले बताए । महतले पत्रकार सम्मेलनमा उठेका प्रश्न र जिज्ञासामाथि उचित व्यवस्थापन गरिने बताएका छन् ।

यस्तै नेपाल तरूण दल जुम्लाका सभापति हेम बुढ्थापाले प्रतिष्ठानले गरेका प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जाेड दिए । उनका अनुसार आन्दोलन राेकिएकाे छैन । उनले प्रतिबद्धता अनुसार काम नभए फेरि आन्दोलन गर्ने दाबी गरे ।

यसैगरी नेपाल विद्यार्थी संघ जुम्लाका सभापति महेश हमालले प्रतिबद्धता सकारात्मक रहेकाे बताए । `प्रतिबद्धता पुुरा हुनेमा आशावादी छाै । आधिकारिकता त कार्यान्वयन भएपछि हुनेछ । खबरदारी गरिरहने छाै ,´  उनले भने ।

Next Post

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसकाे ह्वीप

२७ असार २०८१, बिहीबार १३:०४
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले भाेलि शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। काँग्रेसले आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित […]

सम्बन्धित समाचार