नेपकपा माओवादी केन्द्रको भातृ संगठन योगं कम्युनिष्ट लिग वाइसिलय को नया नेतृत्वका लागी १३ जना आकांक्षी देखिएकाछन ।
आकांक्षीहरुमा उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौरागलगायतअध्यक्षको आकांक्षी देखिएका छन् ।
यी मध्ये कुँवर, ओली, ऐर, शाही र पुलामी अध्यक्षको बलियो दाबेदार रहेको स्रोतले जनाएको छ ।स्रोतका अनुसार अध्यक्षका प्रायः सबै आकांक्षी प्रचण्डनिकटका हुन । प्रचण्डले नयाँ नेतृत्वका लागि सहमति हुन नसके निर्वाचन प्रक्रियामा जान निर्दशन दिएको स्रोतले जनाएको छ ।
यदी निर्वाचनमा गएको खण्डमा आकाछीको संख्या घट्न सक्ने अनुमान गरिएको छ । उपमहासचिव जनार्दश शर्माले वाईसीएलको भावी नेतृत्वका लागि कसैलाई अघि नसारेको र अध्यक्ष प्रचण्डको नजिकको उम्मेरदार भएको अनि माओवादीको आधार इलाका मानिने कणलीको उम्मेरदार भएको कारण गणेश शाहीको सम्भावना बढी देखिन्छ ।



