कर्णाली राजमार्ग अन्तरगत नाग्म-खलंगा सडक खण्ड बन्द

महेश चाैलागाँई ३० जेष्ठ २०८२, शुक्रबार १७:३३

कर्णाली राजमार्ग अन्तरगत नाग्म-खलंगा सडक खण्ड तातोपानी गाउँपालिका स्थित राँका गाउँ नजिक सुक्खा पहिराे खस्दा कर्णाली राजमार्ग अबरुद्ध भएकाे छ । सडकमा ठुला ढुंगा र माटाे सहितकाे सुक्खा पहिराे खस्दा सडक पूर्ण रुपमा बन्द भएकाे छ । जसकारण दुबै तर्फका सवारी जाममा परेका छन् ।

पहिराे पन्छाउन मेसिन सहित आबश्यक जनशक्ति पहिराे गएकाे क्षेत्रमा पठाईएकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले बताए । वर्षाकाे सिजन भएकाेले सडककाे अबस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजनले अनुराेध गरेकाे छ ।

Next Post

अबरुद्ध नाग्मा–जुम्ला खण्डको सुख्खा पहिरो हटाइयो, सडक पुनः सञ्चालनमा

३० जेष्ठ २०८२, शुक्रबार १७:३३
कर्णाली राजमार्गअन्तर्गत नाग्मा–जुम्ला खण्डको राँकामा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक सफा गरी पुनः सञ्चालनमा ल्याइएको छ। ठूला ढुंगा र माटोसहितको पहिरोले सडक बन्द हुँदा दुवैतर्फ सवारी साधन जाममा परेका थिए। सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार पहिरो हटाउन आवश्यक जनशक्ति र मेसिनरी परिचालन गरिएको थियो। तीव्र प्रयासपछि पहिरो […]