राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेकाे छ ।
नतिजा छिटाे र सहज प्रात्त हाेस भन्ने उद्देश्यले
बोर्डले नतिजा हेर्नका लागि वेबसाइट, एसएमएस (SMS) र इन्टरएक्टिभ भ्वाइस रिस्पोन्स (IVR) प्रणाली प्रयोग गर्न सकिने जनाएको छ। नतिजा प्रकाशनको लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थाहरूलाई अनुमति दिइएको छ।
बोर्डले नतिजा सहज र छिटो प्राप्त होस् भन्ने उद्देश्यले विभिन्न माध्यममार्फत जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाएको हो।
नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूले तल उल्लेखित माध्यमहरू प्रयोग गरेर आफ्ना नतिजा थाहा पाउन सक्नेछन्:
नतिजा हेर्न सकिने प्रमुख विकल्पहरू:
वेबसाइटहरू: विभिन्न सरकारी तथा निजी संस्थाको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ।
SMS सेवा: निर्दिष्ट नम्बरमा आफ्नो सिमबाट एसईईको सिम्बोल नम्बर टाइप गरी पठाउँदा नतिजा प्राप्त गर्न सकिनेछ।
IVR सेवा: टेलिफोनमार्फत निर्दिष्ट नम्बरमा फोन गरी सिम्बोल नम्बर टाइप गर्दा नतिजा थाहा पाउन सकिनेछ।
परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूलाई आधिकारिक स्रोतमार्फत मात्र नतिजा हेर्न आग्रह गरेको छ।



