हुम्ला र मुगु जिल्ला औपचारिक रूपमा सडक सञ्जालमा जोडिए

महेश चाैलागाँई १४ श्रावण २०८२, बुधबार १७:२६

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार पुलको उद्घाटन गर्नुभयो। २० टनसम्मको भार बोक्न सक्ने क्षमताको यो पुल झण्डै एक करोड रुपैयाँको लागतमा पूर्वाधार विकास कार्यालय हुम्लाले ठेक्का प्रक्रियाबाट एक वर्षभित्र निर्माण सम्पन्न गरेको हो।

चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार पुल सञ्चालनमा आएसँगै स्थानीयवासीलाई आवतजावत, व्यापार र सेवा प्रवाहमा सहजता भएको छ। साथै, अब मुगुको रारा ताल, हुम्ला हुँदै जुम्लासम्मको सडक यात्रा सहज र सुलभ हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा पूर्वमुख्यमन्त्री शाहीसहित स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

Next Post

जुम्ला रुण दलको नेतृत्व चयनका लागि निर्वाचन हुने

१४ श्रावण २०८२, बुधबार १७:२६
नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयनका लागि अन्ततः निर्वाचन हुने भएको छ । सहमति प्रक्रियाबाट नेतृत्व चयन गर्ने प्रयास गरेपनि आँकाक्षीहरु सहमतीमा नआएपछि निर्वाचन हुने भएको हो । नेपाल तरुण दल जुम्लाको पाँचौ जिल्ला अधिवेशन साउन ९ गते उद्घाटन भएको थियो । अध्यक्ष सहित अन्य पदाधिकारीका आँकाक्षीहरु धेरै भएपछि […]

सम्बन्धित समाचार