पहिरोले नाग्मा–गमगडी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

हिमशिखर संवाददाता २७ श्रावण २०८२, मंगलवार ०९:१२

आज बिहान ८ बजे जुम्ला जिल्ला हिमा गाउँपालिका–७ बागबजारमा नाग्मा–गमगडी (मुगु जाने) सडक खण्डमा ठूलो पहिरो खसेर यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालयका अनुसार सडकको माथिल्लो भागबाट आएको पहिरोले सम्पूर्ण बाटो पुरिएका कारण सवारी सञ्चालन असम्भव भएको हो। घटनास्थलमा सडक डिभिजनको प्राविधिक टोली परिचालन गरिएको छ।

हाल पहिरो पन्छाउने कार्यका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गर्ने तयारी भइरहेको डिभिजन कार्यालय प्रमुख दीपेन्द्र कुमार चौधरी बताए। सडक कहिले सुचारु हुन्छ भन्ने यकिन समय भने तोकिएको छैन।

Next Post

बैठकमा अनुपस्थित दिनमै निर्णय, पत्रकार महासंघ जुम्लाका सचिवकाे  आपत्ति

२७ श्रावण २०८२, मंगलवार ०९:१२
नेपाल प्रेस युनियन जुम्लाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ जुम्लाका सचिव प्रकाश उपाध्याय  नेपाल पत्रकार महासंघकै निर्णय विरुद्ध उभिएका छन्। नेपाल पत्रकार महासंघ जुम्लाले जिल्ला भित्रका उत्कृष्ट पत्रकारलाई दिदै आएको पुरस्कार यो वर्ष पुन: दिन लाग्दा गरेको निर्णयमा सचिव उपाध्यायले विरोध जनाएका हुन। उनले उक्त पुस्कारमा वितरण गर्ने निर्णयमा आफूलाई […]