नेपाली भूमि लिपुलेक हुँदै व्यापार खोल्ने भारत-चीन सहमति

हिमशिखर संवाददाता ४ भाद्र २०८२, बुधबार १४:५८

भारत र चीनबीच नेपाली भूमि लिपुलेक हुँदै द्विपक्षीय व्यापार खोल्ने सहमति भएको छ।

नेपाललाई नसोधी नेपाली भूमि लिपुलेकबाटै सीमा व्यापार खोल्न भारत-चीन सहमति

चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापारलाई खोल्ने सहमति भएको हो। लिपुलेक पास नेपालले दाबी गर्दै आएको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्र नेपालतर्फ पर्छ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत आएका चिनियाँ विदेशमन्त्री यीले समकक्षी जयशंकरसँगको द्विपक्षीय वार्तापछि उक्त सहमति भएको भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार राति द्विपक्षीय सहमतिका विषयहरूमा उल्लेख छ।

विदेश मन्त्रालयद्वारा जारी सहमतिमा भनिएको छ, ‘दुवै पक्ष तोकिएका तीन व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्।’

 

 

Next Post

स्थानीय उत्पादनलाई बजारमा पुर्‍याउँदै राजेश महतको चिया साइट

४ भाद्र २०८२, बुधबार १४:५८
कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार मानिने जुम्ला अहिले आन्तरिक र बाह्य दुवै पर्यटकको रोजाइमा पर्न थालेको छ। प्राकृतिक सुन्दरतासँगै यहाँको मौलिक संस्कृति, परम्परागत खानपान र स्थानीय आतिथ्यले पर्यटकलाई आकर्षित गर्दै आएको छ। यही क्रममा चन्दननाथ नगरपालिका–६ मा सञ्चालक राजेश महतकाे   चिया साइट सञ्चालनमा आएको छ, जसले पर्यटकलाई स्वादिष्ट परिकार र आरामदायी […]