कर्णाली प्रदेशको मुगु जिल्ला अन्तर्गत मुगु र चाईना सीमाक्षेत्रमा हिजो एक पुरुष लेक लागेर मृत्तु भएको छ। मृतक मुगु कार्मारोङ गाउँपालिका–२ घर भई हाल जुम्लाको चन्दननाथ नगरपालिका–६ बसोबास गर्दै आएका अन्दाजी ४० वर्षीय साङ्बु लामा रहेका जिल्ला प्रहरी कार्यलय जुम्लाका नायव उपरीक्षक रबिन बाबू रेक्मी ले जानकारी दिएका छन ।
लामा विशेष कामका सिलसिलामा नाक्छे नाङ्ला पुगेका थिए । मृतकलाई स्थानीय बासिन्दा र सुरक्षाकर्मीले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घटनाको प्राथमिक तथ्याङ्कअनुसार लामालाई ‘लेक लागेको’ हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। मुगुको उच्च भेगमा पाइने शारीरिक असजिलो र स्वास–प्रश्वासमा समस्या आउने अवस्थालाई स्थानीय भाषामा ‘लेक लाग्ने’ भनिन्छ।



