समयको नदी कति छिटो बग्छ! झन्डै बर्ष पुगिसक्यो, तिमी मेरो जीवनबाट टाढा भएको। तर अनौठो के छ भने, तिम्रो उपस्थितिको अनुभूति अझै पनि वायुमा मिसिएको छ।
तिमी वसन्तको गन्ध थियौ, जुन वियोगपछि पनि वायुमा बाँकी छ।
हरेक बिहान तिम्रो नामले दिन सुरु हुन्छ, हरेक रात तिम्रो सम्झनाले आँखा भिज्छ।
अन्तिम वियोग, पश्वत प्रेरणा तिमी नभएको पीडा असह्य छ। तर त्यही पीडाले नै मलाई जीवित राखेको छ।तिम्रो अधूरा सपना जोगाउनु मेरो जीवनको लक्ष्य बनेको छ।तिम्रो सम्झनामा बितेका पलहरूले नै मलाई अघि बढ्ने शक्ति दिएको छ
तिमी गएको दिन, मैले केवल प्रिय मान्छे गुमाएँ हैन, आफ्नै आत्माको एउटा अंश पनि हराएँ। त्यो खालीपन आजसम्म पनि भरिन सकेको छैन। जीवनका धेरै रंग हराए, धेरै सपनाहरू अपूरा रहे, धेरै बाटाहरू अधुरा मोडमै थामिए।
अधूरा साथ र सपना – तिमीले दिएको साथ सायद अधूरो, वाचा, सायद झुटा। तर त्यही अधूरोपनमा पनि एउटा गहिरो पाठ थियो।
तिमीले आफ्नो एक्लोपनलाई प्रेम गर्न सिकायौ।
त्यो सिकाइ नै मेरो जीवनको सबैभन्दा ठूलो उपहार बन्यो।
तिमीले अपूरा सपना छोड्यौ, तर ती सपना नै आज मेरो लागि अमूल्य धरोहर बने।
स्मृतिका पानामा अझै पनि ताजा छन् ती क्षणहरू तिमी हाँस्दा संसार उज्यालिन्थ्यो, तिमी रुँदा सपनाहरू समेत रोइरहेका जस्तो लाग्थे।
म ती सपनालाई बोक्दै हरेक दिन बाँचिरहेको छु,
तिमीले मलाई दिएकाे , सम्झनाको बाटो रातको मौनतामा तिमीले मलाई कहिल्यै एक्लो छोडेनौ।
सपनामा तिमी आइदिन्थ्यौ, कहिले मुस्कुराउँदै, कहिले आँसु झार्दै।
बिहान उज्यालो फैलिँदा आँखामा तिम्रो नामसँगै मन भारी हुन्थ्यो।
आँसु बग्थे, तर ती कमजोरी थिएनन् , त्यो शक्ति थियो, जसले मलाई हिँडाइरहेको छ।
स्मृतिका पानामा अझै पनि ताजा छन् ती क्षणहरू तिमी हाँस्दा संसार उज्यालिन्थ्यो, तिमी रुँदा सपनाहरू समेत रोइरहेका जस्तो लाग्थे।
अनि आज, तिमी टाढा भएर पनि, ती क्षणहरूले नै मेरो जीवनमा रंग भरिरहेका छन्।
आत्माको उपस्थिति तिमी मेरो लागि केवल प्रेमिका थियौ हैनौ, तिमी त मेरो आत्मा थियौ।
तिमी शारीरिक रूपमा टाढा छ्यौ, तर तिम्रो आत्मा अझै वरिपरि छ।
कहिलेकाहीँ हावाको झोकासँग तिम्रो स्पर्श महसुस हुन्छ।
कहिलेकाहीँ बिहानको घामसँग तिम्रो मुस्कान झल्किन्छ।
र रातको ताराहरूमा तिम्रो नजर चम्किरहेको देख्छु।
तिमी वसन्तको गन्ध थियौ जुन आज वियोगपछि पनि बाँकी छ।
तिमी केवल एउटा उपस्थितिमात्र थिएनाै तिमी मेरो संसारको स्वर थियौ, जसको प्रतिध्वनि अझै पनि मनको गल्ली गल्लीमा गुन्जिरहेको छ।
अन्तिम वियोग, शाश्वत प्रेरणा तिमी नभएको पीडा असह्य छ। तर त्यही पीडाले नै मलाई जीवित राखेको छ।तिम्रो अधूरा सपना जोगाउनु मेरो जीवनको लक्ष्य बनेको छ।तिम्रो सम्झनामा बितेका पलहरूले नै मलाई अघि बढ्ने शक्ति दिएको छ।
हो, तिमी टाढा छ्यौ, तर तिम्रो माया कहिल्यै टाढा हुन सकेको छैन।
तिमी बिना पनि तिमी नै मेरो वरिपरि छ्यौ हावामा, स्मृतिमा, आत्माको गहिराइमा।
तिमी नजिकै नहुँदा पनि, तिमी अझै मेरो जीवनको सबैभन्दा नजिककी आत्मा बनीरहेकी छ्यौ।



