जुम्लाकाे तातोपानीमा घरमा लुटपाट, नगद र गरगहना चोरी

महेश चाैलागाँई ११ आश्विन २०८२, शनिबार १९:३२

तातोपानी गाउँपालिका–४ ऐरेनीस्थित नन्दप्रसाद न्यौपानेको घरमा अज्ञात समूहले तोडफोड गर्दै ठूलो परिमाणमा लुटपाट गरेको छ।

घटनामा नगद दुई  लाख ८३ हजार रुपैयाँसहित घरमा राखिएका विभिन्न गरगहना समेत चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मी ले जानकारी दिएका  छन्। लुटपाट गर्ने समूहको परिचय हालसम्म खुलेको छैन।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

Next Post

हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन

११ आश्विन २०८२, शनिबार १९:३२
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ। ‘श्रम संस्कृति पार्टी’को नाम दिएर साम्पाङले यसै महिना आयोगमा निवेदन दिइसकेका छन्। ‘हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको छ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिँदै भने, ‘दर्ता […]

सम्बन्धित समाचार