जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं ६ हियाँखोला अझै टावर विहीन अवस्थामा छ। देशभर 4G/5G चौतारोमा फ्रि वाइफाई मसानघाट मा नेटोको सुविधा को बहस चलिरहेका बेला हियाँखोलाका बासिन्दा आज पनि नेटवर्क खोज्दै डाँडा उक्लनु पर्ने बाध्यतामा छन्।
टावर नहुँदा त्यहाँका नागरिक शिक्षा, स्वास्थ्य, सूचना र आपतकालीन सेवाबाट गम्भीर रूपमा वञ्चित भएका छन् । विद्यार्थीहरू अनलाइन कक्षा र फारम भर्न नसक्ने बिरामी पर्दा स्वास्थ्यकर्मी वा एम्बुलेन्ससँग सम्पर्क गर्न नसक्ने किसानले बजार मूल्य थाहा नपाउने अवस्था वर्षौँदेखि दोहोरिँदै आएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार पटक–पटक जनप्रतिनिधि, सम्बन्धित निकाय र सरकारसम्म माग पुर्याउँदा पनि केवल आश्वासन मात्रै पाइयो । भोट माग्दा तपाइँको गाउँ मा टावरको राख्छु भन्ने जितेपछि बिर्सिने प्रवृत्तिले हामीलाई दोस्रो दर्जाको नागरिक बनाइयो । एक स्थानीयले लोकेश जँङ्ग बिश्वकर्मा आक्रोश पोखे, बिश्वकर्मा जुम्ला मा बसेर पत्रकारीता पनि गर्ने गर्छन ।
हियाँखोलामा टावर नहुँदा वैदेशिक रोजगारीमा रहेका आफन्तसँग सम्पर्क गर्न समेत गाउँ का डाडा मा गएर कुर्नुपर्ने अवस्था छ। सूचना र सञ्चारको पहुँच नागरिकको मौलिक अधिकार भए पनि राज्यले हियाँखोलाका नागरिकलाई यो अधिकारबाट बञ्चित गरिरहेको स्थानीयको आरोप छ।
अब स्थानीयवासीहरूले स्पष्ट चेतावनी दिएका छन !!
१ . छिटोभन्दा छिटो मोबाइल टावरको व्यवस्था हुनुपर्ने ।
२. ध्यानाकर्षण र कडा दबाबका कार्यक्रम अघि बढाइनेछ।
३ . सरकार र दूरसञ्चार सेवा प्रदायक र सम्बन्धित निकायले हियाखोलाको पीडा नसुने यसको सम्पूर्ण जिम्मेवारी उनीहरूकै हुने स्थानीयको भनाइ छ।



