एमालेले ताेक्याे कर्णाली प्रदेशका १० जिल्लाका इन्चार्ज

महेश चाैलागाँई २३ पुष २०८२, बुधबार १३:३१

नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा इन्चार्ज तोकेको छ।हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरिएको हो।
४० वर्षमुनिका युवा केन्द्रीय सदस्य दैलेखका सुशीलकुमार थापालाई एमालेले रुकुमपश्चिमको इन्चार्ज तोकेको छ।रुकुमपश्चिम नेकपाको जनआधार बलियो भएको जिल्ला हो।

यस्तै नेकपा एमाले सुर्खेत, कालिकोट, सल्यान, हुम्ला लगायत जिल्लामा भने पुरानै नेताहरूलाई पुनः इन्चार्जको जिम्मेवारी दिइएको छ।जसअन्तर्गत पार्टी केन्द्रीय सदस्यहरू सुर्खेतमा नवराज रावत, जाजरकोट डम्बरबहादुर सिंह, दैलेख मीनासिंह रखाल छन्। डोल्पा बद्मीक्वारी बुढा (बोहरा), जुम्ला युवा नेता दानसिंह परियार र हुम्ला दल रावललाई इन्चार्जको जिम्मेवारी दिइएको छ।

यस्तै, मुगु जीतबहादुर मल्ल, सल्यान गोविन्द पुन, कालिकोट नगेन्द्र शाही (नेसनल) र रुकुमपश्चिम सुशीलकुमार थापा इन्चार्ज तोकिएका छन्।

Next Post

ऊर्जामन्त्री कुलमान घिसिङले दिए पदबाट राजीना

२३ पुष २०८२, बुधबार १३:३१
ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । विद्युत प्राधिकरणको […]