रास्वपाले समानुपातिक बन्दसूची अद्यावधिक गर्‍यो

महेश चाैलागाँई २७ पुष २०८२, आईतवार १३:५३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची अद्यावधिक गरेको छ । उज्यालो नेपाल पार्टीसँगको एकता औपचारिक रूपमा टुंगिएपछि आइतबार निर्वाचन आयोगमा पुगेर सूची अद्यावधिक गरिएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए।

दुई दलबिच भएको एकता शनिबार साँझ अन्त्य भएको थियो। एकता भंग भएसँगै कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। यसअघि सहमतिअनुसार दुवै दलले समानुपातिकतर्फ साझा सूची निर्वाचन आयोगमा बुझाएका थिए। तर, अब एकता समाप्त भएपछि उज्यालो नेपाल पार्टीले रास्वपाको तर्फबाट बुझाएको सूची स्वतः खारेज भएको छ।

यससँगै फागुन २१ गते हुने निर्वाचनमा उज्यालो पार्टी नेपालको समानुपातिकतर्फ कुनै पनि उम्मेदवार नहुने भएको छ।

Next Post

कालीकोटको  सल्लेरीमा शुक्रबार बे ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२७ पुष २०८२, आईतवार १३:५३
सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए। उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय […]