जनयुद्ध दिवसको शुभकामना दिँदै फागुन २१ को निर्वाचनमा तारा चिन्हमा मतदान गर्न नेकपा नेता जित बहादुर राना रञ्जितको अपिल

महेश चाैलागाँई २ फाल्गुन २०८२, शनिबार २०:३१

सुर्खेत । नेकपा नेता तथा प्रतिनिधिसभा उम्मेदवार जित बहादुर राना (रञ्जित) ले ३१औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

शुभकामना सन्देशमा रञ्जितले जनयुद्ध र जनआन्दोलनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका खेलेको उल्लेख गरेका छन्। उनले सहिद, बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको उच्च सम्मान गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको बताएका छन्।

उनले राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र समावेशी विकासमार्फत देशलाई समृद्धितर्फ अघि बढाउनुपर्ने धारणा राखेका छन्। विशेषगरी सुर्खेत क्षेत्र नं. १ को समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र कृषिको आधुनिकीकरण आफ्नो प्राथमिकता रहेको बताएका छन्।

साथै, उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूलाई विजयी गराउन मतदातासमक्ष सहयोग र समर्थनको अपिल गरेका छन्। जनताको विश्वास र सहकार्यबाट मात्रै परिवर्तन सम्भव हुने उनको भनाइ छ।कार्यक्रममा जनयुद्धका समयमा ज्यान गुमाएका शहीद परिवार तथा घाइते–अपाङ्ग योद्धाहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रम नेपाली कम्युनिस्ट पार्टी लेकबेसी नगरपालिका ३ नम्ववर वडा समितिको आयोजनामा सम्पन्न भएको हो।

Next Post

राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा नागरिक करारपत्र सार्वजनिक, सुशासन र सम्पत्ति छानबिनमा जोड

२ फाल्गुन २०८२, शनिबार २०:३१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनलाई लक्षित गर्दै नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, वर्तमान अवस्था र दीर्घकालीन लक्ष्य समेटेर नीति–दिशा प्रस्तुत गरेको जनाएको छ। करारपत्रमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सामाजिक न्यायसहित उदार आर्थिक नीति, सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशीता, सनातन सभ्यताको सम्मान तथा धार्मिक–सांस्कृतिक विविधताको […]