विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयआग्रह

हिमशिखर संवाददाता २७ चैत्र २०७७, शुक्रबार १४:३१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ ।

पछिल्लो समय फेला परेका कोरोना संक्रमितहरूमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई आग्रह गरेको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्नका लागि विद्यालय तथा कलेज बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।

Next Post

सरकार इतिहासकै विवेकहीन भयाे:प्रचण्ड

२७ चैत्र २०७७, शुक्रबार १४:३१
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार विवेकहीन भएको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गरेका हुन्। ‘दुई तिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु बिडम्बना हो’, प्रचण्डले भने, ‘यो सरकार […]

सम्बन्धित समाचार