लाम्रा संवाद-२ गाउँगाउँका कुडा २०७८ यही कार्तिक १६ गतेबाट हुँदै

महेश चाैलागाँई १४ कार्तिक २०७८, आईतवार २०:००

लाम्रा संवाद गाउँगाउँका कुडा’काे दाेस्राे संस्करण  हुने भएको छ। साहित्य सम्मेलनकाे फर्म्याटमा अघिल्लो वर्षदेखि  सुरु भएकाे ‘गाउँका कुडा’ याे वर्षबाट गाउँगाउँका कुडा गर्ने गरी सुरु हुने संयाेजक नन्द प्रसाद चाैलागाई‌‌ले बताए।

धार्मिक ऐतिहासिक पुण्यभूमी प्रचुर सम्भावना गापाकाे शान,
रमणीय पर्यटकीय स्थलसहित समृद्धि हासिल गर्ने हाम्राे अभियान।’ भन्ने मुल नाराका साथ यहि कार्तिक १६, १७ र १८ गते तातोपानी गाउँपालिकाकाे लाम्रामा हुनेछ।

‘कर्णाली क्षेत्र विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हुनाले  भौगोलिक, सामाजिक र राजनीतिक रुपमा सदियौंसम्म अलग्गिए पनि यहाँका हरेक दरा र खोलाका बस्तीहरुमा सामान्य जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रकृयाहरु विकसित भएको पाइन्छ,’ संयाेजक चाैलागाई‌‌‌ले भने, ‘

आफ्नो इतिहासमा गर्व गर्न नसक्ने समाजको पहिचान संकटमा पर्ने भएकाे हुनाले ज्ञानको पुस्तान्तरण सही ढंगले गराउनलाई पनि लाम्रा संबादकाे निरन्तरता आवश्यक रहेकाे आयाेजकले बताएकाछन ।

यहाँ एककोश हिंड्दा भाषिका र चारकोश हिड्दा फरक रितिरिवाज भेटिन्छन यी सबैकाे प्रवर्द्धनका लागि पनि लाम्रा संवादकाे निरन्तरता दिएकाे   संयाेजक  चाैलागाईले बताए।
पहिलो संस्करण सम्पन्न भइसकेपछि गरिएको समीक्षा, कार्यक्रम पछि प्राप्त प्रतिक्रियाहरुका अनुसार यो कार्यक्रमले गाउँबासी, कर्णालीका समुदाय र बाहिर बस्नेहरुमा समेत अत्यन्त सकारात्मक सन्देश दिन सफल भएको आयाेजकले जनाएको छ।

लाम्रा संवाद दोस्रो संस्करण २०७८ का लागि प्रस्तावित कार्यकमहरु, 
क) विचारको छलफल, बहस तथा मन्थन गरिने सत्रहरु
१. विद्वत प्रवचनः तातोपानीको गौरव, विकास र भविश्यको कुरा। संरक्षण तथा प्रवर्धन गरिनुपर्ने इतिहास, संस्कृति, परम्परा, आदिको चर्चा।
२. हाम्मा नेता हाम्मो नीतिः जिल्लास्तरीय राजनीतिक पार्टी प्रमुखहरु एकै थलोमा बसेर बहस, चिन्तन र साझा मुद्दा पहिल्याउने।
३. सभ्यताको साइनो, आखरको अलंकारः हाम्रो भाषा संस्कृति, सभ्यता संरक्षणमा भइरहेका पहलमाथि चर्चा।
४. सुईना बिजुलीकोः झरोबाट झलमल्ल गाउँ कसरी?: उज्यालो भविष्यसँग जोडिएको विद्यतीकरण बारे सरोकारवालाबीच छलफल र मन्थन।
५. स्वास्थ्य र महामारी: कोरोन कैठ र कथाहरुः हाम्रो स्वास्थ्य, महामारी नियन्त्रणका पहल, भविष्यको तयारी बारे छलफल।
६. भुसको आगोः सामाजिक विकृति र समस्यहरुको चिरफार र समाधानका उपायहरु पहिल्याउने।

ख) सांस्कृतिक सम्वर्धनको लागि मनोरन्जनात्मक कार्यक्रमहरुः
१) दमाहाको रन्कोः विभिन्न अवसरमा बजाइने बाजाहरुको प्रस्तुति, त्यसको वर्णन र त्यसमाथि चर्चा।
२) मागलको गुन्जनः विभिन्न अवसरमा गाइने मागलको प्रस्तुति, त्यसको वर्णन र त्यसमाथि चर्चा।
३) नाचको छमछमः विभिन्न प्रकारका नाचहरुको प्रस्तुति, त्यसको वर्णन र चर्चा।
क) चरण खेल
ख) धारु नाच
ग) बालो नचाउने खेल
घ) ढाल नाच
४) स्वरको संगमः विभिन्न गीत र भाकाहरुको प्रस्तुति। ५) देउडाको घन्कोः देउडाखेलको प्रस्तुति र छलफल कार्यक्रम तालिका।

दिन पहिलो १६ गते
बिहानीसत्र उद्घाटन सत्रः विद्वत प्रवचनः दमाहाको रन्को सभ्यताको साइनो, आखरको अलंकारः
अपरान्हत्र सन्चो समाज: कोरोनासँग लडाईको कथा नाचको छमछम

दोस्रो दिन १७ गते
मागलको गन्जन सईना बिजुलीका
भुसको आगो: सामाजिक समस्याहरु चलचित्र प्रदर्शन

तेस्रो दिन १८ गते
स्वरको संगम हाम्मा नेता हाम्मो नीति:
देउडाको घन्को सम्मान र समापन।

Next Post

कर्णालीका मुख्यमन्त्री शाहीले दिए पदबाट राजीनामा

१४ कार्तिक २०७८, आईतवार २०:००
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सोमवार साँझ पत्रकार सम्मेलन गरी उनले पदबाट राजीनामा घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनबीच यसअघि गरिएका राजनीतिक सहमतिप्रति इमान्दार हुँदै नेपाली कांग्रेसलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताए ।  वैशाख ३ गते प्रदेश सभाबाट विश्वासको मत […]

सम्बन्धित समाचार