साउने संक्रान्ति:राँका बाल्ने, लुताे फाल्ने

महेश चाैलागाँई १ श्रावण २०८०, सोमबार २०:३४

जुम्लामा साउने संक्रान्ति घरघरमा राँकाे बालेर मनाइएकाे छ। हरेक वर्ष साउन १ गते झिसमिसेमा जुम्लाका गाउँ बस्ती राँकाे बालेर झिलिमिलि हुन्छन् । परम्परागत चाडपर्वका रुपमा स्थापित साउने संक्रान्ति जुम्लाकाे विशेष पर्व हाे। प्रत्येक घरका छतमा राँकाे बाल्ने र लुताे फाल्ने परम्परालाई निरन्तरता दिइएकाे चन्दनाथ नगर पालीका १० का  अबिनाश चैलागाई ले  बताएका छन ।
संक्रान्तिका दिन छिमेकि गाउँका मानिसहरुलाई गाली गर्ने परम्परा रहेकाे स्थानीय चैलागाई लृ  बताए।
रोग व्यादी सबै जावस भन्ने कामना अनुसार राँको बाल्ने चलन जुम्ला सहित कर्णाली क्षेत्रमा रहेको छ । आज साउन १ गते नेपाली भाषाको उद्गम स्थल सिंजा सहित सबै दरा(क्षेत्र) मा राँको बालेर साउने सक्रान्ति मनाईएको हो ।
संस्कृतिले एक फरक सभ्यता र उदाहरण स्थापितगर्दै आएको छ । राँको बाली सकेपछि बनाईएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन पनि छ ।
राँको बाल्ने समयमा  दमाहा, ताल समेत बजाउने चलन छ।घरघरमा एक साथ आगाेकाे राँकाे बल्दा दृश्य निकै राेचक र सुन्दर देखिने अर्का  स्थानीय रमेश चैलागाई ले  बताए ।
बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्याेतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सुर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो ।

Next Post

अज्ञात समूहद्वारा गुठीचाैर–४ का सातवटा घरमा आगजनी

१ श्रावण २०८०, सोमबार २०:३४
गुठीचाैर गाउँपालिकाका विभिन्न सातवटा घरमा अज्ञात समूहद्वारा आगाे लगाइएकाे छ। गुठीचाैर गाउँपालिका– ४ स्थित विभिन्न गाउँका गरि सातवटा घरहरुमा आगाे लगाइएकाे वडा अध्यक्ष टिकादत्त न्याैपानेले बताए। उनका अनुसार धवलपुर गाउँका प्रेम न्याैपाने र खडान्द पाण्डेकाे घर, बाउली गाउँमा कविदत्त न्याैपानेकाे घर, डाँडाबाडामा कविदत्त न्याैपानेकाे घर, दलिबाडामा लालचन्द्र सार्कीकाे घर र […]