नगद र गहना चोरेर फरार भएका ८ जना पक्राउ

महेश चाैलागाँई १३ श्रावण २०८१, सोमबार २१:०९

नगद र गर गहना चोरेर फरार भएका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ३० गते मुगुको कार्मारोङ गाउँपालिकाबाट नगद र सुनका गर गहना चोरेर फरार भएका ८ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको हो ।

पातारासी गाउँपालिकाको विभिन्न वडामा लुकीछिपी बसेको अबस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्दा नगद ५० हजार र दुई तोला १.१६ लाल सुन सहित ८ जनालाई नियन्त्रणमा लिईएको प्रहरी निरिक्षक असिम हमालले जानकारी दिए ।

उनका अनुसार पक्राउ गरिएका ८ जनालाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मुगु पठाइएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय आफ्नो साप्ताहिक प्रगती पनि सार्वजानिक गरेको छ । साउन ६ गतेदेखी १३ गते सम्म जिल्लाभएर भएका गतिविधिको सार्वजानिक गरेको हो । जसमा ४० वटा विभिन्न विषयमा निवेदन परेकोमा २७ निवेदन फछ्र्यौट भएका छन् । भने चारजना मानिस हराएकोमा २ जना भेटिएका छन् ।

त्यस्तै,३ वटा मुद्धा दर्ता भएका छन् । भने,लागु औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरीएको छ । यो हप्ता भने सवारी दुर्घटना भएका छैनन् । यदपी,ट्राफिक नियम पालाना गर्ने सवारीको कारबाहि बापत ५९ हजार राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।

Next Post

पातारासि ६ का दुईवटा सामुदायिक वनमा ४ हजार सल्लाका बिरुवा राेपियाे

१३ श्रावण २०८१, सोमबार २१:०९
जुम्लाको पातारासि गाउँपालिका वडा नम्वर ६ काे घाेडासिन गाउँमा रहेकाे गैडापातल सामुदायिक वन र नाैमुडे सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । “जलेकाे वन, रून्छ मन, बिरुवा राेपि जाेगाउ वन ” भन्ने नाराका साथ वनमा वृक्षरोपण गरिएको हाे । नाैमुडे सामुदायिक वन उपभोक्ता समिति , गैडापातल सामुदायिक वन उपभोक्ता समितिकाे संयुक्त […]

सम्बन्धित समाचार