कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्डमा पर्ने तिलागुफा नगरपालिका-५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड शनिबार पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए।
उनका अनुसार सडकबाट करिब ५० मिटर तल खोलामा खसेको ट्रक चालकको सनाखत हुन बाँकी छ। भीरबाट ट्रक खोलामा खसेकाले चालकको घटनास्थलमै मृत्यु भएकाले गाडीका कागजात भेटिएपछि मात्रै चालकको सनाखत हुनेछ।
कर्णाली राजमार्गको खल्लागाड मोडमा बढी दुर्घटना हुने गरेको छ। अघिल्लो महिना पनि यसै ठाउँमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने अर्को गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका थिए।