जुम्लाकाे हिमा नदिकाे किनार मा महिला मृत फेला

महेश चाैलागाँई २६ श्रावण २०८२, सोमबार १७:२०

हिमा गाउँपालिका–६ जर्जाली माइती घरमा बस्दै आएकी एक महिला आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी छन्।

कालिकोट जिल्ला तिलागुफा नगरपालिका–४ राचुली घर भएकी ४० वर्षीया मनसोभा अधिकारी थापाको शव स्थानीय पातर खोलाको किनारमा देखिएको हो।

वडाध्यक्ष उपराज अधिकारीले दिउँसो करिब साढे २ बजे शव देखिएको खबर प्रहरीलाई दिएका थिए।

समाचार पाएलगत्तै प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा ६ जनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

शव भेटिएको कारण हालसम्म स्पष्ट नभएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Next Post

रविलाई थुनामै राख्ने अदालतको आदेश

२६ श्रावण २०८२, सोमबार १७:२०
रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश गरेको छ । आज न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै उनले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ […]