जुम्लाको बाढी प्रभावित क्षेत्रमा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले अवलोकन गरेका छन । तातोपानी गाउँपालिका ४ र तिला गाउपालिका ४ का बाढी प्रभावितका समस्या सुन्न र बाढीले पुर्याएको क्षति अवलोकन गर्न मन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा पुगेकाे स्राेतले जनाएकाे छ ।

मन्त्री श्रेष्ठलाई स्थानियले राहत र पुनर्निर्माणकाे काममा सहयाेगकाे माग राखेकाे र जवाफमा मन्त्री श्रेष्ठले म बाढीले पुर्याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्न तपाइहरुको घरदैलोमा पुगेको छु । तपाईहरूकाे समस्या तत्काल संवोधन गर्नको लागि मन्त्री परिषद र कर्णाली प्रदेश विपद परिषदमा छलफल चलाउने र छिटोभन्दा छिटो यहाँका बाढी प्रभावित नागरिकले राहतको अनुभुति हुने गरी पहल गर्ने बताएकाछन ।

यस्तै मन्त्री श्रेष्ठले तत्काल बाढीले विद्युत सेवा ठप्प भएको क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन जडान गर्न नेपाल विद्युत प्राधिकरण जुम्ला इकाइलाई निर्देशन गरिसकेको
विद्युत गृहनै बाढीले बगाएको क्षेत्रमा तत्काल डिजेल प्लान्ट राखेर भएपनि विद्युत सेवालाई सञ्चालन गर्ने भएकाले
नहुन आग्रह गरे ।



