नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मूल्यवृद्धि सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल/डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल/मट्टितेल १५३ रुपैयाँ थियो ।
Next Post

तेस्रो तथा निर्णायक टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो, यूएई पराजित
३० श्रावण २०८०, मंगलवार २१:३०
यूएईसँगको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट न्युजिल्यान्डले जितेको छ । दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्ड ३२ रनले विजयी भएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक ४२ रन बनाए । […]
सम्बन्धित समाचार
-
३० असार २०८०, शनिबार ११:४४
जुम्लाकाे पातारासीमा चट्याङ लागेर ५० भेडा–बाख्रा मरे
-
७ बैशाख २०७८, मंगलवार १७:२५
सांसद ओलीको स्पष्टीकरण -‘म झुक्किर विश्वासको पक्षको गइछु’
-
२४ चैत्र २०७९, शुक्रबार १९:१३
नेपाली सेनाको साइबर स्पेसमा हमला, २१ वर्षीय युवक पक्राउ
-
७ बैशाख २०८०, बिहीबार १४:०३
जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचियाे, २ जनाको ज्यान गयो
-
५ चैत्र २०८०, सोमबार १८:२९
जुम्ला‐रारा अल्ट्रा म्याराथन हुँदै
-
२२ आश्विन २०८०, सोमबार १६:०३
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालाेमाेसाे




