सुर्खेत, साउन ११ —देशभर कृषकहरू मल अभावका कारण समस्यामा परिरहेका बेला योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) जिल्ला समिति सुर्खेतले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ।
वर्षा यामको बीचमा रासायनिक मलको चरम अभावले किसानको उत्पादन जोखिममा परेको भन्दै वाइसिएलले तत्काल मल आपूर्ति सुनिश्चित गर्न, वितरण प्रणाली पारदर्शी र न्यायोचित बनाउन जोडदार माग गरेको छ।
ज्ञापनमा असमान वितरण, कालोबजारी र दलालको संलग्नता तत्काल अन्त्य गरिनुपर्ने उल्लेख गरिएको छ।

वाइसिएलले चेतावनी दिंदै भनेको छ — “यदि तुरुन्त समाधान गरिएन भने, संगठन देशव्यापी आन्दोलनमा जानेछ।”
जिल्ला अध्यक्ष डिल्ली भट्टराई र जिल्ला इन्चार्ज बिक्रम कुमालद्वारा हस्ताक्षरित ज्ञापनपत्र तल उल्लेख गिरएकाे छ ।




