जुम्लाको सिजा गाउँपालिका तालाबन्दी, बजेट विनियोजनमा वडाध्यक्षको विरोध

महेश चाैलागाँई ११ भाद्र २०८२, बुधबार ०९:४२

जुम्लाको सिँजा गाउँपालिका–३ नराकोटस्थित गाउँपालिका कार्यालयमा आज बिहान नेपाली कांग्रेसका स्थानीय नेताहरूले तालाबन्दी गरेका छन्।

मंगलबार बिहान करिब ९:५० बजे कांग्रेस सिँजा गाउँपालिकाका सभापति गोबिन्द शर्माको नेतृत्वमा तालाबन्दी गरिएको हो।

कांग्रेस नेताहरूले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट बिनियोजन मनोमानि ढंगले गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा गाउँपालिकाले कुनै योजना, छलफल वा सरोकारवाला निकायसँग समन्वय नगरी, नेकपा माओवादी केन्द्र का स्थानीय नेताहरूको बैठकमार्फत “हचुवाको भरमा बजेट पास गर्न खोजेको हो।

गाउँपालिकाले कानूनी प्रक्रिया र जनप्रतिनिधिहरूको सहभागिता विना बजेट बिनियोजन गरेर मनोमानी गर्दै आएको छ। यसलाई हामी स्वीकार्दैनौँ, कांग्रेस सभापति गोबिन्द शर्माले बताए।

तालाबन्दीका कारण बिहानदेखि गाउँपालिका कार्यालयका नियमित सेवा प्रवाह प्रभावित भएको छ भने सेवाग्राहीहरू काम नपाएर फर्किएका छन्। यसबारेमा गाउँपालिका पक्षले भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

Next Post

हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास: तीन जना आरोपी पक्राउ

११ भाद्र २०८२, बुधबार ०९:४२
हुम्लाको ताँजाकोट गाउँपालिका–३ मा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। डिएसपी शंकर पोखरेलका अनुसार ती तीन जनाले मदिरा […]