जुम्लामा गाडीको कोलीयामा युवक मृत अवस्थामा फेला

महेश चाैलागाँई २३ आश्विन २०८२, बिहीबार ०६:२९

जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ आर्चायमा एक युवक गाडीको कोलीयामा मृत अवस्थामा फेला परेका छन्।

बुधबार साँझ करिब ८ बजेर मुगुबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र ०२००१ ख ११८० नम्बरको SML गाडीमा मुगु, छायानाथ रारा नगरपालिका–२ का चालक बसन्त तिरुवा गाडी चालक रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी जुम्लाका प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मीले जानकारी दिएका छन ।

उक्त गाडीको कोलीयामा जुम्ला हिमा गाउँपालिका–१ आर्चाय वाडाका गणेश रावत मृत अवस्थामा फेला परेका हुन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकीबाट टोली खटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

Next Post

जुम्लामा Gen-Z जुम्लाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२३ आश्विन २०८२, बिहीबार ०६:२९
जुम्लामा Gen-Z जुम्ला  युवा समूहले आयोजना गरेको रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। आज बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म जुम्ला बजारस्थित कृष्ण मन्दिर अगाडि सम्पन्न कार्यक्रममा कुल ३६ जनाले रक्तदान गरेका छन्। रक्तदानबाट संकलित रगत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई बुझाइएको शुनिल राेकायाले जानकारी दिएका छन । राेकायाका अनुसार कार्यक्रममा […]