ऊर्जामन्त्री कुलमान घिसिङले दिए पदबाट राजीना

महेश चाैलागाँई २३ पुष २०८२, बुधबार २१:५३

ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।

प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।

विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरेका थिए ।

गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरान घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो ।

सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरूको राजनीतिक गतिविधिमाथि प्रश्न उठेपछि सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले राजीनामा दिन भनेकी थिइन् ।

Next Post

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीद्वारा पदभार ग्रहणपछि तीन महत्वपूर्ण निर्णय सदर

२३ पुष २०८२, बुधबार २१:५३
माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले पदभार ग्रहण गरेलगत्तै मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण तीन निर्णय सदर गरृका छन । पहिलो निर्णयअनुसार कर्णाली राजमार्गको सडक सुरक्षा तथा स्तरोन्नतिका लागि उक्त आयोजनालाई आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंक (ADB) लाई अनुरोध गर्ने निर्णय गरिएको छ। त्यस्तै, जुम्ला र कालिकोट जिल्लाको सिमाना […]