भागेको हेलिकोप्टर पुनः सिंहदरबार र बालुवाटारमा अवतरण भए लोकतन्त्र खतरामा पर्छ : रबि लामिछाने

महेश चाैलागाँई २ फाल्गुन २०८२, शनिबार १६:४८

अर्घाखाँची: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले भागेको हेलिकोप्टर पुनः सिंहदरबार र बालुवाटारमा अवतरण भए लोकतन्त्र खतरामा पर्ने बताएका छन्। अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ति बगैँचामा आयोजित सभालाई सम्बोधन गर्दै उनले नयाँ शक्तिबाट देशलाई कुनै खतरा नभएको स्पष्ट पारे।

जेनजी आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको हेलिकोप्टरबाट बालुवाटार छाडेको प्रसंग स्मरण गर्दै लामिछानेले उक्त टिप्पणी गरेका हुन्। “जसबाट लोकतन्त्रको खतरा थियो, ऊ हेलिकोप्टर चढेर भागिसक्यो। फेरि त्यो हेलिकोप्टर सिंहदरबार र बालुवाटारमा ल्यान्ड भयो भने लोकतन्त्र खतरामा पर्छ,” उनले भने।

उनले जनताले संघर्ष गरेर ल्याएको लोकतन्त्रको रक्षा नेताले नभई जनताले नै गर्ने जिकिर गर्दै रास्वपा त्यसको संरक्षणका लागि प्रतिबद्ध रहेको बताए। सहिदहरूको बलिदान खेर नजाने गरी काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

लामिछानेले आफ्नो पार्टीले सबैभन्दा बढी महिला, युवा, डाक्टर, इन्जिनियर, सामाजिक अभियन्ता, कवि तथा कलाकारलाई उम्मेदवार बनाएको उल्लेख गर्दै मतदातालाई ढुक्कका साथ रास्वपालाई मत दिन आग्रह गरे। साथै अर्घाखाँचीबाट रास्वपाका उम्मेदवार हरिप्रसाद भुसाल लाई विजयी गराउन अपिल गरेका छन्।

Next Post

जनयुद्ध दिवसको शुभकामना दिँदै फागुन २१ को निर्वाचनमा तारा चिन्हमा मतदान गर्न नेकपा नेता जित बहादुर राना रञ्जितको अपिल

२ फाल्गुन २०८२, शनिबार १६:४८
सुर्खेत । नेकपा नेता तथा प्रतिनिधिसभा उम्मेदवार जित बहादुर राना (रञ्जित) ले ३१औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। शुभकामना सन्देशमा रञ्जितले जनयुद्ध र जनआन्दोलनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका खेलेको उल्लेख गरेका छन्। उनले सहिद, बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको उच्च […]

सम्बन्धित समाचार