नेपाली कांग्रेस जुम्लाका कोषाध्यक्ष पाण्डेको निधन

हिमशिखर संवाददाता २१ असार २०८३, आईतवार २०:५०

जुम्ला — नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिका कोषाध्यक्ष दुर्गाप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा आज (असार २१ गते) बिहान निधन भएको छ।

तातोपानी गाउँपालिका–४ निवासी पाण्डे लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

Next Post

जुम्लामा महिलामाथि जबरजस्ती करणी प्रयासको आरोपमा एक पक्राउ

२१ असार २०८३, आईतवार २०:५०
जुम्ला, साउन १३। जुम्लाको तातोपानी गाउँपालिकामा एक महिलामाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार राति करिब ११ बजे तातोपानी गाउँपालिका–७ निवासी ४३ वर्षीया महिलाको घरमा पाहुनाका रूपमा बसेका तिला गाउँपालिका–३ निवासी ३६ वर्षीय हरीबहादुर घर्तीले महिलामाथि जबरजस्ती करणी […]