जुम्लामा बेहोस अवस्थामा फेला परेका युवाको मृत्यु

महेश चाैलागाँई ११ श्रावण २०८३, सोमबार १६:०३

जुम्ला, श्रावण ११ — जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ भण्डारीवाडाका २२ वर्षीय सन्त बहादुर भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ।

उनी श्रावण ६ गते राति स्थानीय अनिल भण्डारीको घरमा सुतिरहेका बेला अर्को दिन बिहान घरको आँगनमा बेहोस अवस्थामा फेला परेका थिए। नाक र मुखबाट रगत बगेको अवस्थामा फेला परेपछि उनलाई जुम्लाबाट हेलिकप्टरमार्फत नेपालगञ्जस्थित न्यूरो मेडिकल अस्पताल लगिएको थियो।

उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Next Post

जुम्लामा चरेससहित २१ वर्षीय युवक पक्राउ

११ श्रावण २०८३, सोमबार १६:०३
जुम्लामा लागूऔषध (चरेस) सहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो करिब १२ बजे तातोपानी गाउँपालिका–६ ऐरेनीमा शंकास्पद अवस्थामा हिँडिरहेका धौलापानीका २१ वर्षीय अमर सार्कीलाई खानतलासी गर्दा उनको साथबाट चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको हो। जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार लागूऔषधसहित पक्राउ परेका सार्कीमाथि […]