जुम्लामा ब्राउन सुगर कारोबार तथा सेवनको आरोपमा चार जना पक्राउ

हिमशिखर संवाददाता ३० कार्तिक २०८३, आईतवार १९:३२

जुम्ला : जुम्लामा लागूऔषध (ब्राउन सुगर) कारोबार तथा सेवनमा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २०८३ कात्तिक २८ गते दिउँसो करिब ४ बजे तातोपानी गाउँपालिका–२ डाँगीबाडाका ३१ वर्षीय कोकेन्द्र डाँगीलाई पक्राउ गरिएको हो। उनले ब्राउन सुगर बिक्री तथा सेवन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी लिताकोटबाट खटिएको टोलीले सोधपुछपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार्यालयमा ल्याई लागूऔषध परीक्षण गर्दा डाँगीको परीक्षण नतिजा पोजेटिभ देखिएपछि उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ।

त्यस्तै, चन्दननाथ नगरपालिका–५ कालिखोलीका ३१ वर्षीय टेक कामी, वडा नं. १ कुलालबाडाका ३० वर्षीय चन्द्र कुलाल र वडा नं. ५ का २८ वर्षीय रोशन रोकायालाई पनि प्रहरीले पक्राउ गरेको छ।

सडकमा हिँडिरहेको अवस्थामा शंकाका आधारमा नियन्त्रणमा लिई लागूऔषध परीक्षण गर्दा उनीहरूको नतिजासमेत पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

पक्राउ परेका चारै जनामाथि लागूऔषधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

स्रोत : जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रेस विज्ञप्ति, मिति २०८३ कात्तिक २९ गते।

Next Post

मुगुमा स्कारपियो दुर्घटना, तीन जनाको मृत्यु

३० कार्तिक २०८३, आईतवार १९:३२
मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्ला गाउँ नजिक पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको जिरो प्वाइन्टबाट करिब एक सय मिटर अगाडि बा १७ च १८६४ नम्बरको स्कोरपियो दुर्घटनामा परेको हो। घाइते दुवै […]