मुगुमा स्कारपियो दुर्घटना, तीन जनाको मृत्यु

हिमशिखर संवाददाता ३० कार्तिक २०८३, आईतवार २०:४१

मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्ला गाउँ नजिक पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको जिरो प्वाइन्टबाट करिब एक सय मिटर अगाडि बा १७ च १८६४ नम्बरको स्कोरपियो दुर्घटनामा परेको हो।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मुगु लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी छ।