आफ्नो वडाबाट पार्टीलाई विजयी गराउन नसकेको भन्दै नेकपा माओवादी केन्द्र सुर्खेत लेकबेसी नगरपालिका ३ नं वडा कमीटी अध्यक्ष तिलक प्रसाद पाण्डेले वडा कमिटी अत्तयक्षको पदबाट राजिनामा दिएकाछन ।
सुर्खेत लेकवेसी नपाको ३ नं वडा मा मओवादीको संगठन राम्रो भएको र विजयी हुने सम्भावना हुदाहुदै पनि पार्टीका जिम्मेवार ब्यक्ती बटै अन्तरघात भएका कारण पार्टीले पराजय भोगेका कारण नैतिक रुपमा नेतृत्वमा बस्न उपयुक्त नहुने भन्दै पाण्डेले वडा कमीटीको अ्ध्यक्ष पदबाट राजिनामा दिएका हुन ।
पाण्डेले आप्नो राजिनामा पत्रमा आफु पार्टीको संगठन निर्माण र विस्तारमा निरन्तर लाग्ने प्रतिवद्धता पनि जनाएकाछन ।
पाण्डेले राजिनामा पत्रमा स्थानीय तहको निर्वाचन २०७९ मा लेकवेशि नगर पालिका वडा नं ३ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई बिजयी बनाउन दिनरात नभनि अहोरात्र खटिएको र लेकवेशि नगर पालिका वडा नं 3 मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को रगतले रङ्गियको रातो झन्डा फहराइरहन आफ्नो नेतृत्वमा पार्टीका सबैशक्ति परिचालन गर्दागर्दै पनि अनपेक्षित हार व्यहोर्नु पर्यो।
पार्टी हार्दा लेकवेशि नगर पालिका वडा नं ३ का माओबादि केन्द संग भबिष्य जोडियका जनताको मन, मस्तिष्कमा गहिरो चोट पुगेकाे महसुस गरेको छु। पार्टी अध्यक्षको हैसियतमा लेकवेशि नगर पालिका वडा मा माओवादी केन्द्र लाई बिजयी गराउन मैले खेलेका सबै भूमिका निरर्थक साबित हुदा म यो परिस्थितिमा नेतृत्वमा बसिरहन मलाई मेरो नैतिकताले नदिने महसुस गरी वडा कमिटि को अध्यक्ष पदबाट राजीनामा दिने निर्णय गरेको छु।राजनीतिमा नैतिकताको प्रशनले मुख्य स्थान दिने भएकाले पनि मैले नैतिकताको परिधिभित्र रहेर आफ्नो स्वइच्छाले रानिनामा दिएको छु।