प्रधानमन्त्रीकाे निर्देशनपछि मलेसियामा बन्धक भएका युवालाई उद्दार गरेर भाेलि स्वदेश ल्याइने

हिमशिखर संवाददाता २५ पुष २०७९, सोमबार १९:१६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे निर्देशनपछि मलेसियामा बन्धकबनाइएका १३ जनामध्ये ६ जनालाई उद्दार गरे भाेलि (मंगलबार) स्वदेश ल्याइने भएकाे छ।

राेजगारीकाे लागि मलेसिया पुगेका युवकहरु बन्धक बनाएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले साेमबार बिहान सरकारका मुख्य सचिव शंकरदास बैरागीमार्फत निर्देशन दिएका थिए।

प्रधानमन्त्रीकाे निर्देशनमा तत्काल उद्दार गरे ६ जनालाई नेपाल फर्कान लागिएकाे मलेसियास्थित नेपाली राजदूतावासले जानकारी दिएकाे छ।

प्रधानमन्त्रीकाे निर्देशनपछि परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो। राजदूतावासले उनीहरूको उद्धार गरेको हो।

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि (मंगलबार) र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका हुन्।

 

Next Post

देउवालाई भेट्न धुम्बाराही पुगे प्रचण्ड

२५ पुष २०७९, सोमबार १९:१६
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन्। भेटवार्ताका लागि उनी सोमबार देउवाकै निवास धुम्बाराही पुगेका हुन्। मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा प्रचण्डले विश्वासको मत लिदैँछन्। सोही कारण उनी देउवालाई विश्वासको मत माग्न त्यहाँ पुगेको बताइएको छ।

सम्बन्धित समाचार