सिंजा गाउँपालिका वडा नं. ६ भाडगाउँको सानीपातल काफलबारी सामुदायिक वनमा लगाइएका एक हजार स्याउका विरुवा काटेर फालिएको छ ।
सामुदायिक वनको जग्गा अतिक्रमण गरी रोपिएको भन्दै फल दिई रहेका आठ सय सहित एक हजार स्याउका विरुवा काटेर फालिएका हो ।
वनको करिब ५ हेक्टर क्षेत्रफलमा रोपिएका एक हजार विरुवा मध्य आठ सय विरुवामा स्याउ फलिरहेको थियो । भने दुई सय विरुवा फल लाग्ने क्रममै रहेका थिए ।
वनको जग्गमा सिंजा–६ जोडुका ४ जना र सोही वडा भाडगाँउका ६ जना गरी १० जनाले अतिक्रमण गरी स्याउ रोपेका थिए । कुल १० हेक्टर क्षेत्रफल मध्य ५ हेक्टरमा स्याउका विरुवा रोपिएको थियो । भने ५ हेक्टर जमिनको घेराबार गरी व्यक्तिगत प्रयोजन गरेका थिए ।
अतिक्रण गरिएको जग्गा २०७१ सालमै फिर्ता ल्याउने प्रयास भएको थियो । तर प्रतिव्यक्तिले वन समितिलाई १० हजार दिने र जग्गा छोड्ने सहमति भएको थियो । तर वर्षौ बित्दा पनि उक्त सहमति कार्यान्वयन नगरी अटेर गरेर अतिक्रमित जग्गा नछोडेपछि पुनः पटक पटक मुद्धा समेत ।
वनको जग्गा वनलेनै स्वामित्वमा लिनु पर्ने, जिल्लास्तरमा व्यापक बार्ता संवाद,रोपिएको विरुवा संरक्षण गरी अतिक्रमण गरिएको जग्गा फिर्ता ल्याउन सकिने प्रयाप्त विकल्प भएपनि सामुदायिक वन उपभाेक्ता समितिले नियमनुसार भन्दै आवेगमा आई स्याउ उत्पादन भईरहेको विरुवानै काटेर फालि दिएका छन् ।
कानुन कार्यान्वयन संगै सहमती गरेर हुर्केर फल लागिरहेको विरुवालाई संरक्षण गर्नतर्फ ध्यानदिनु पर्नेमा वन समितिले जरै देखि उखेलेर फालेको छ ।
जुम्लाको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको स्याउ खेतीलाई प्रर्बद्धन गर्नुको साटो विरुवानै काटेर फालेपछि आलोचना समेत भईरहेको छ । वनको जग्गा अतिक्रमण गरेर विरुवा रोपिएपनि वनकै स्वामित्वमा राख्ने गरी विरुवा संरक्षण गर्नुपर्नेमा वन समिति,डिभिजन वन कार्यालयले गरेको उत्पादन दिई रहेको विरुवा काट्ने कार्य वैज्ञानिक नभएको किसान आलोचना भईरहेको हो ।
यता डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत खड्कलाल नेपालीले नियमनुसार अतिक्रमण गरिएको वनको जग्गा खाली गरिएको बताए । यो सबै वन कार्यालयले गरेको निर्णय होईन ।
उनले भने,‘पटक पटक मुद्धा प्रक्रियादेखि सहमती भएपनि अटेरी गरेपछि गाउँलेको सहमतीमा विरुवा काटिएको हो । फल्ने बेलाका विरुवा काट्न नहुनेमा हाम्रो पनि सहमती हो । तर वन ऐन २०७६ लगायतका अन्य ऐन नियमले पनि अतिmक्रमण भएको जग्गा पूर्ण रुपमा खाली गराउनु पर्ने कानुनी प्रावधान छ । त्यसैले गाउँलेले अतिक्रमण हटाएका हुन् ।’सामुदायिक वनको संरक्षण,अतिक्रमण हटाउने नियमन तथा निरिक्षण गर्ने अधिकार समेत सामुदायिक वन उपभोक्ता समितिलाई रहेको छ । अतिक्रमण भएको जमिन फिर्ता ल्याउन निकै कठिन रहेको उनको भनाई छ ।
त्यस्तै सानीपातल काफलबारी सामुदायिकका अध्यक्ष रंग बहादुर रावत २०७१ सालदेखि अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन प्रयास गरेपनि नमानेपछि बाध्य भएर विरुवानै काट्नु पर्ने अबस्था आएको बताउँछन् ।
उनी भन्छन,‘अतिक्रमण गरेको जग्गा फिर्ता गर्ने धेरै पटकको निर्णय कार्यान्वनमा अटेरी गरेपछि सव डिभिजन वन कार्यालय नराकोट,प्रहरी र स्थानीयको सक्रियतामा विरुवा काटेका हौ । अब अन्य विरुवा रोपेर वनलाई हराभरा बनाउँछौ ।’
डिभिजन वन कार्यालयमा विरुवा माग गरेका छौ । सल्लाह,धुपी,ओखर,पिलल लगायतका थुप्रै विरुवा लगाएर वनलाई हरियाली बनाउने योजना रहेको अध्यक्ष रावतले उल्लेख गरे ।
सिंजा–हिमा सव डिभिजन वन कार्यालय नराकोट जुम्लाका प्रमुख क्षेत्रबहादुर महतले राजीखुसी अतिmक्रमण गरेको जग्गा नछोडेपछि अतिक्रमण हटाइएको बताए ।
अतिक्रमण गरिएको वन क्षेत्र सिंजा ६ को पुर्वमा दिलौरी खोला पश्चिममा मासीडाँडा, उत्तरमा भुगाडी हान्ने ठूलो खोला र दक्षिणमा भेडानागी चारकिल्लामा फैलिएको छ ।- कर्णाली मिसन बाट साबाभार