जुम्ला, साउन ३२ — चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापनको नयाँ कार्यसमितिलाई आज एक विशेष समारोहका बीच शुभकामना आदानप्रदान गरिएको छ।
कार्यक्रममा पुरानो समितिबाट नयाँ समितिलाई गुठीका विभिन्न विषयमा जानकारी दिँदै आधिकारिक फाइल हस्तान्तरण गरिएको थियो। यससँगै आजदेखि नयाँ कार्यसमितिले आधिकारिक जिम्मेवारी ग्रहण गरेको छ।
समारोहमा संघीय सांसद विनिता कठायत र चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतको विशेष उपस्थिति रहेको थियो।
नवगठित कार्यसमितिमा अमर थापा आचार्य अध्यक्षमा पुनः निर्वाचित भएका छन्। त्यस्तै धिरेन काफ्ले सचिव,



