सिंजा गाउँपालिका–६ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

महेश चाैलागाँई १७ मंसिर २०८२, बुधबार ०८:५८

सिंजा गाउँपालिका वडा नम्बर ६ मा आयोजित बृहत् नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। श्री माध्यमिक विद्यालय जोडु दाँतमा सम्पन्न शिविरमा महिलाहरूको पाठेघर सम्बन्धी परीक्षण, हाडजोर्नी, बालरोग, सामान्य स्वास्थ्य परीक्षण, किशोर–किशोरी तथा परिवार नियोजन परामर्शलगायत विविध स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

सिंजा गाउँपालिकाको आयोजनामा पेस नेपाल र पलान नेपालको समन्वय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको औषधि तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा कुल २७२ जनाले सेवा लिएका छन्।
शिविरमा महिला १५२, पुरुष १११, स्त्रीरोग सेवामा १५२ जना सहभागी भएका छन्। स्त्रीरोग परीक्षणअन्तर्गत VIA परीक्षण ५५, VIA पोजेटिभ २, रिफर १ तथा रिङ पेसरी ५ जना रहेका छन्। त्यस्तै बालरोग सेवामा ६५, जनरल चेकजाँचमा ५५ र किशोर–किशोरी तथा मानसिक परामर्श सेवामा ६० जना सहभागी छन्।

कार्यक्रममा सिंजा गाउँपालिका अध्यक्ष पूर्ण धितालले गाउँपालिका शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा जनमुखी सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै, “औषधि तथा सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निशुल्क गरेको हो, हामीले समन्वयको भूमिका मात्र वहन गरेका हौं,” भने। उनले आगामी दिनमा वडा नं. १ बाट सुरु गर्दै निरन्तर स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले शिविरमा सम्भव नभएका उपचार सेवाहरू प्रतिष्ठानमा लगेर पनि निशुल्क उपलब्ध गराइने बताए। उनले आगामी दिनमा अन्य स्थानहरूमा पनि निरन्तर स्वास्थ्य शिविर सञ्चालन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।

Next Post

नवनिर्मित भवनको भव्य उद्घाटन कार्यक्रम सम्पन्न

१७ मंसिर २०८२, बुधबार ०८:५८
जुम्लाको कनकासुन्दरी गाउँपालिका ५, गोठिज्युलामा रहेको प्रहरी चौकी गोठिज्युलाको नवनिर्मित भवनको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक माधव प्रसाद श्रेष्ठ रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्य उपस्थित रहनुभयो। कार्यक्रममा पालिकाका उपाध्यक्ष, जिल्ला […]