चन्दननाथ नगरपालिका– ५जुम्ला बजार स्थीत देवेन्द्र शर्माको घरमा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीले झण्डै डेढ करोडभन्दा बढीको क्षति भएको छ । शर्मा र उनको छिमेकी लविनध्वज खाँणको घरमा क्षति पुगेको छ । प्रहरीको प्रारम्भिक प्रतिवेदनअनुसार आगलागीबाट घरधनी शर्माको ३८ लाख ८२ हजार र सोही घरमा रहेको राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाम जल्दा ५० लाखबराबरको क्षति भएको छ । गोदाममा राखिएको खाद्यान्न सामग्री, ल्यापटप, कम्प्युटर, फर्निचर, प्रिन्टरलगायतका सबै सामान जलेर नष्ट भएका छन् । शर्माका छिमेकी खाँणको घरमा समेत आगलागीबाट दुई लाखबराबरको क्षति भएको छ भने सोही घरमा भाडामा रहेको प्रकृति सपिङ सेन्टरको ६ लाखबराबरको सामान जलेर नष्ट भएको छ । यस्तै जनकध्वज खाँणको घरमा ५० हजार, सोही घरमा भाडा रहेको अनुपम कपडा पसलको एक लाख, आसिप खान र रेस्मा जोलाको २६ हजारबराबरको सामग्री जलेर नष्ट भएको छ । चन्दननाथ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिएको डिएसपी लालबहादुर धामीले बताए । सोलार ब्याट्री सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
Next Post

अर्थतन्त्र नकरात्मक अवस्थामा पुगेको छैन : प्रधानमन्त्री ओली
२० भाद्र २०७७, शनिबार ०९:४९
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको बताएका छन । अर्थ मन्त्रालयको जिम्मेवारी समालेपछी निजी क्षेत्रका नेतृत्वकर्तासँग छलफल गर्दै प्रधानमन्त्रीले अहिल्यै नै अर्थतन्त्र नकरात्मक अवस्थामा नपुगेको बताएका हुन । छलफलका क्रममा प्रधानमन्त्री ओलीले कोभिड(१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवन आतंकित गर्न नहुनेतर्फ सचेत […]
सम्बन्धित समाचार
-
१९ श्रावण २०७८, मंगलवार २०:१५
देउवा सरकारले गर्याे भुमिसम्बन्धी समस्या समाधान आयोग खारेज
-
११ चैत्र २०७८, शुक्रबार १७:५१
कालिकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा अचानक आगलागी यात्रु सबै सकुशल
-
१९ भाद्र २०७७, शुक्रबार १२:३१
चितवनमा भोकालाई निःशुल्क खाना
-
१९ जेष्ठ २०८०, शुक्रबार १६:३३
सुनकोशी स्कार्पियो दुर्घटना: बेपत्ता तीनै जनाको पहिचान खुल्यो
-
३ फाल्गुन २०८०, बिहीबार २१:३०
दाङमा ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानेर हत्या
-
२४ कार्तिक २०७८, बुधबार २०:३२
स्वास्थ्य मन्त्रालयकाे निर्णय प्रति प्रतिष्ठाका कर्मचारीहरूकाे असन्तुष्टि


